धान बीउ उत्पादकहरूको लागि | असार देखि साउन २०८३

  • धानको बीउ उत्पादन खेतमा रोगी, मिश्रित तथा फरक जातका बोट (Rouging) तुरुन्त हटाउनुहोस्।

  • पानीको सतह २–५ से.मी. कायम राखी खेत व्यवस्थापन गर्नुहोस्।

  • गवारो, पात बेर्ने कीरा तथा ब्लास्ट रोगको नियमित निगरानी गर्नुहोस्।

  • खेत निरीक्षणको समयमा आवश्यक अभिलेख र बीउ उत्पादन कागजात तयार राख्नुहोस्।